काठमाडौं , २७ जेठ
काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालले सबै कर्मचारीहरुको कोरोना बिमा गरेको छ।
अस्पतालले कोरोना संक्रमित बढ्न थालेपछि चिकित्सक, नर्सलगायत सबै एक हजार कर्मचारीको कोरोना बिमा गरेको हो।
पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालले सबै कर्मचारीको एक लाख बराबरको कोरोना बिमा गरेको हो।
चिकित्सकहरुले कोरोनाको फ्रन्टलाईनमा रहेर काम गर्न जोखिम भएको बेला अस्पतालले कोरोना बिमा गरेको छ।