धनगढी बैशाख ७,२०७७
कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किने भएका हुन्।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका प्रवक्ता एवम् आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले बताए।
अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ। अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो।
डा.जोशीका अनुसार : तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको दिनेश खवरलाई बताए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए। सुदूरपश्चिममा पछिल्लो सात दिन सम्म पुग्दा कोरोना संक्रमितको सङख्या यथावत छ।