१३ पौष २०७७ धनगढी
सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर् डोटीको आयोजनामा स्वास्थ्यकर्मीहरुको लागि कोभिड १९ ले सिर्जना हुने मनोबैज्ञानिक असर न्यूनीकरण गर्नको लागि दुइ दिने तालिम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका बिभिन्न अस्पतालहरु , प्राथमिक स्वास्थ्य केन्द्र हरु , पालिका तथा स्वास्थ्य चौकी हरुमा काम गर्ने स्वास्थ्यकर्मी हरुको लागि कोभिड ९१ को कारणले सिर्जना हुने मनोबैज्ञानिक कोरोना असरर न्यूनीकरण गर्नको लागि दुइ दिने प्याकेज बनाएर तालिम दिएको छ ।
कोभिड १९ को ब्यबस्थापनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि तालिम आयोजना भएको र यसरि तालिम प्राप्त स्वास्थ्यकर्मी हरुले कोभिड १९ को आइसोलेसन , क्वारेन्टाइन, स्क्रिनिंग, कन्टेकट ट्रेसिंग , नमुना संकलन र नमुना जाँच गर्दा यस तालिमले स्वास्थ्यकर्मिहरुमा रहेको आत्मबिश्वास बढ्ने र काम गर्दा प्रभावकारी तरिकाले कम गर्न सक्ने क्षमता बढ्ने सुदूरपश्चिम् प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।
कोभिड १९ को संक्रमण विश्वब्यापी रुपमा फैलिएको र कोभिड नँया रोग भएको हुनाले यस रोगको बारेमा धेरै कुरा जानकारीमा नै नरहेको र दिन प्रतिदिन नयाँ नयाँ तथ्य प्रकाशमा आइरहने हुनाले स्वास्थ्यकर्मीहरुलाई पनि निर्वाध स्वास्थ्य सेवा दिन डराई रहने हुनाले त्यस्ता स्वास्थ्य कर्मीहरुको मनोबल बढाउन , क्वारेन्टाइन तथा आइसोलेसनमा सहज तरिकाले काम गर्न सक्ने गरि आत्मबल , आत्मबिश्वास बढाउन र मानसिक पक्ष लाइ बलियो बनाउनको लागि यस तालिमको आयोजना गरिएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनु भएको छ ।
तालिममा मनोसामाजिक परामर्शकर्ता हर्क बहादुर ओली , कमला बुढाथोकी ओली र विश्व स्वास्थ्य संगठन धनगढी कैलालीका फिल्ड मेडिकल अफिसर डा. सुनिल थापाले सहजीकरण गरेका छन् ।