चिसो मौसममा कोरोना भाइरसको खतरा हुने बताइएको छ । अमेरिकामा कोरोना भाइरस सम्बन्धि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार, जति–जति चिसो बढ्दै जान्छ र मानिसहरु एकै ठाउँमा जम्मा हुन सुरु गर्छन्, तब कोरानाको खतरा बढ्दै जानेछ । चिसो मौसममा मानिसहरु घर, अफिस वा बन्द ठाउँमा नै बस्न रुचाउछन् । बन्द ठाउँहरुमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ ।
अमेरिकाको दक्षिणी राज्यहरुमा गर्मी मौसममा एसी अफिस र घरहरुमा अधिक मात्रामा जम्मा हुने क्रम बढेको थियो । अब यहीँ क्रम जाडो मौसममा पनि देख्न सकिनेछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. बाशुदेब पाण्डेले जाडो मौषम कोरोना संक्रमणका लागि बढी खतरा भएको बताए ।
यस्तोमा भाइरसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिनेछ ।
खराब भ्यान्टिलेशन भएको बन्द स्थानमा भाइरसको असर अधिक टाढा र लामो समयसम्म रहन्छः
कोरोनामाथि अनुसन्धान गरिरहेकी अमेरिकी डाक्टर मारका अनुसार, खराब भ्यान्टिलेशन भएको स्थान, जस्तै रेष्टुरेन्ट र बारमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ । यस्तो स्थानमा भाइरस अधिक टाढा र लामो समयसम्म रहिरहन्छ ।
महंगा अपकरणको सट्टा पानी र साबुनको प्रयोग सबैभन्दा उत्कृष्ट उपायः
इन्डोर भाइरसको फैलावट रोक्नका लागि बजारमा विभिन्न प्रकारका महंगा उपकरणहरु छन् । विशेषज्ञहरुका अनुसार, यस्ता अधिकाशं प्रोडक्टहरु ओभरकिल र हानिकारक रहेका छन्। त्यस्ता उपकरणहरु भन्दा सबैभन्दा उत्कृष्ट तरिकाबाट साबुन र पानीले नै काम गर्छ । सम्भव भएसम्म भीडभाडबाट बच्ने: जस्तै कर्मचारीहरुलाई घरबाट काम गर्न प्रोत्साहित गर्ने । बन्द स्थानमा मास्कको प्रयोग गर्ने ।