१४ पौष , २०७७ , धनगढी
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा १० पौष २०७७ देखि १४ पौष २०७७ सम्म कैलाली धनगढ़ीमा clinical Training Skill को प्रथम समुहको तालिम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य तालिम केन्द्र , ९ वटा अस्पताल , ९ वटा स्वास्थ्य कार्यालय मार्फत छोटो तथा लामो अवधिको स्वास्थ्य सम्बन्धि बिभिन्न बिषय बस्तुहरु समेटेर तालिम दिने गरिएको छ। तालिम दिनका लागि उक्त कार्यालयहरुमा कार्यरत व्यक्तिहरु र आवश्यकतानुसार बाह्य प्रशिक्षकको समेत सहयोग लिएर तालिमहरु संचालन हुँदै आएको छ । तथापि प्रदेश अन्तर्गतका बिभिन्न निकायमा कार्यरत स्वास्थ्यकर्मीहरुको तालिम दिने क्षमतामा एकरुपत़ा नभएको , तालिम दिदा अपनाउनु पर्ने सिपको अभाव रहेको र गुणस्तरीय र मापदण्ड बमोजिमको तालिम संचालन गर्नको लागि सहभागीहरुको दक्षता अभिवृद्धि गर्न , गुणस्तरीय तालिम सन्चालन गर्न र प्रशिक्षकले स्वास्थ्यको तालिम दिनुपर्दा अपनाउनु पर्ने आधारभूत सिपको बिकास गर्नको लागि सुदूरपश्चिम प्रदेशले उक्त बिषयका बिज्ञ प्रशिक्षक बोलाएर तालिम संचालन गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीज्यु ले बताउनु भएको छ ।
तालिममा स्वास्थ्य कार्यालय र बिभिन्न अस्पताल हरुबाट १५ जनाको सहभागिता रहेको र तालिम अवधि समापनमा गरिएको मुल्यांकनको क्रममा सबै सहभागीहरुको तालिम दिने क्षमता उल्लेखनीय रुपमा वृद्धि भएको र तालिममा सहभागीहरुले कार्यस्थलमा फर्के पछी संचालन गर्ने स्वास्थ्य सम्बन्धि तालिम गुणस्तरीय र प्रभावकारी हुने कुरामा आफु आशाबादी रहेको कुरा उक्त तालिमका मुख्य प्रशिक्षक डा. इश्वर उपाध्यायले बताउनु भएको छ ।
Clinical Trainer हरुको क्षमता अभिवृद्धि गर्न र clinical Training Site बिस्तार गर्ने मुख्य उद्देश्यका साथ प्रदेश सरकारको श्रोतबाट पहिलो पटक यस प्रकारको तालिम आयोजना भएको र अझै एक समुह अरु थप तालिम दिने योजना रहेको समेत स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।