काठमाडौं, ७ असार २०८०
अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट क्लाईमेट एक्सन अवार्ड २०२३ (Everest Climate Action Award, 2023)) बाट डा. तपेन्द्र प्रसाद बोहरा विभुषित भएका छन्।
डा. बोहरालाई युवा तथा खेलकुद मन्त्रालयको आयोजना र युथ डेभलपमेन्ट सेन्टर एवं राष्ट्रिय युवा परिषद्को सह-आयोजनामा काठमाडौंमा मंगलबार(२०८० असार ५ गते) भएको साउथ एसियन क्लइमेट एक्सन कन्फ्रेन्स २०२३ (South Asian Climate Action Conference, 2023)मा महामहिम उपराष्ट्रपति श्री रामसहाय यादवले उक्त अवार्डबाट सम्मानित गरेका हुन्।
सम्मेलनमा सहभागी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका ६९ जना र नेपालबाट २४ जना युवाहरुमा डा. बोहरालाई उक्त अवार्डबाट छनौट गरिएको हो। सहभागी मध्ये डा. बोहरा सहित २० जनाले उक्त अवार्ड पाएका छन्। लामो समयदेखि जलवायुमैत्रि कृषि तथा पशुपन्छी पालन र जनस्वास्थ्य प्रवर्द्धन मा अभियानमार्फत नेपाललाई जलवायु अनुकुलित वनाउन विषिश्ठ योगदान तथा अभियानको नेतृत्व गरेको भन्दै डा. तपेन्द्र लाई उक्त अवार्डले सम्मानित गरेको हो।
डा. तपेन्द्र पश्चिम नेपालमा एक दशक देखि निरन्तर कृषि तथा पशुपन्छी क्षेत्रमा जलवायु परिवर्तनका सवाल तथा असरहरु, जलवायु परिवर्तन र मानव तथा पशुपन्छीका रोगहरु, किटजन्य रोगहरु र तिनको नियन्त्रण लगायतका वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लागिरहेका छन्। उनले स्वदेश तथा विदेशमा गरि १२ भन्दा वढि जर्नलहरुमा अनुसन्धानात्मक शोध पत्रहरु प्रकासन गरेका छन। डा. बोहोराले न्युजिल्यान्ड सरकारको पुर्ण छात्रवृतिमा न्युजिल्यान्डको मेस्से विश्वविधालयवाट इपिडेमियोलोजि विषयमा स्नातकोत्तर समेत गरेका छन्।