आज मिति : २०८२ माघ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सिभिल अस्पतालका कर्मचारीहरुको आन्दोलन अझैं रोकिएन

Nam Raj Bhatta by Nam Raj Bhatta
September 11, 2020
in News
A A
0
सिभिल अस्पतालका कर्मचारीहरुको आन्दोलन अझैं रोकिएन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं ,२६ भाद्र २०७७

नयाँबानेश्वरको मिनभवनस्थित सिभिल हस्पिटलका पीडित कर्मचारीहरुले आज १३औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नियमितझैं उनीहरुले शुक्रबार अपरान्ह १ बजेदेखि सवा १ बजेसम्म १५ मिनेट हस्पिटलको गेटमा विभिन्न लेखिएको प्लेकार्डसहित नौ बुँदे माग राखेर धर्ना दिएका छन् ।
हस्पिटलमा कार्यरत चिकित्सक, नर्स तथा  विभिन्न तह र विभागका गरी २६४ कर्मचारी सोह्र दिनदेखि धर्नामा सहभागी छन् । उनीहरु चारदेखि बाह्र वर्षसम्म सेवा गरिसकेका कर्मचारी हुन् । अरु समय बिरामीको सेवा र विभागीय जिम्मेवारी सम्हाल्ने र खाजा समयमा धर्नामा बस्ने गरेका छन् ।

received 324861222175253निजामती कर्मचारी अस्पताल कर्मचारी संघ सिभिल हस्पिटल ईकाइका अध्यक्ष सन्तोष धिमालले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । सञ्जालखबरसँगको कुराकानीमा अध्यक्ष धिमालले १३औं दिनमा आन्दोलन चलिरहँदा पनि सिभिल हस्पिटल प्रशासनले बेवास्त गरेको र जायज माग राखेर शान्तिपूर्ण संघर्षका कार्यक्रम चलाउँदा समेत पीडित कर्मचारी, नर्स, चिकित्सकहरुलाई हेपाह दृष्टिकोण राखेको भन्दै आपत्ति जनाए ।

received 357438922297071‘सरकारकै नियम अनुसार पाउनुपर्ने सेवा, सुविधा र अधिकार पाएका छैनौं’ उनले भने, ‘अधिकारको लडाई अन्तिम टुंगो नलागेसम्म आन्दोलन जारी रहन्छ ।’ आन्दोलनकारीको जायज मागलाई प्रशासनले सुुनुवाई नगरे कार्यकारी निर्देशकको कार्यकक्ष घेराउ गर्ने चेतावनी उनले दिए ।

लोक सेवा उत्तिर्ण गरेर करारमा आएका कर्मचारीलाई हस्पिटलले तोकिएको समय (चार वर्ष) बितिसक्दा पनि स्थायीको प्रक्रियामा लगेको, करारका कर्मचारीले सरकारको तोकेको ‘बेसिक’ तलब नपाएको, ग्रेड वृद्धि तथा उपदान नदिएको, स्वास्थ्य बीमाबाट वञ्चित गराएको आन्दोलित कर्मचारीहरुले बताएका छन् । उनीहरु दिनहुँ आन्दोलनमा युनिफार्ममै सहभागी हुँदै आएका छन् ।

received 793974888018834८० जना दैनिक ज्यालादारीका मजदुरलाई चाडपर्वमा थप सुविधाको व्यवस्था गरिनुपर्ने, सुत्केरी कर्मचारीलाई सरकारले तोकेबमोजिम ९८ दिन सुत्केरी बिदा दिइनुपर्ने लगायत माग आगडि सारेका छन् । उनीहरुका अनुसार हाल यहाँका सुत्केरी कर्मचारीलाई हस्पिटलले ६० दिन मा बिदा दिँदै आएको उनीहरुको भनाई छ ।

received 323846702263579माग सम्बोधन गर्नेबारे हस्पिटल प्रशासनले आलटाल गरेमा कडा संघर्षका कार्यक्रम घोषणा गर्ने अध्यक्ष धिमालले बताए । उनीहरुले आफ्नो माग भदो १५ मै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमक्ष बुझाइसकेका छन् ।

Tags: Civil hospitalCorona Virus #Covid19Health worker
Previous Post

नेपालमा‌ एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा कोरोनाको पुष्टि

Next Post

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

Related articles

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा
News

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा

2 days ago
1.6k
ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
News

ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

2 days ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

चिकित्सक लाइसेन्ज परीक्षामा ६० प्रतिशल फेल

3 days ago
1.6k
महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त
News

महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त

3 days ago
1.7k
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न
News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न

4 days ago
1.6k
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
News

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

4 days ago
1.6k
Next Post
विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (132)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,426)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...