काठमाडौं, ६ जेठ
नेपालमा कोरोना भाइरसका कारण २७ संक्रमित थपिएका छन् । उनीहरुमा २४ पुरुषहरु र तीन महिला रहेका छन् ।
मंगलबार कोरोना देखिनेमा काठमाडौंमा तीन, झापामा ९ जना, कपिलवस्तुका ४ र सर्लाहीका २ जना, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, ललितपुर, लमजुङ र नवलपरासीमा एक-एकजनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिनेमा १७ देखि ४२ वर्षसम्मका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले बताउनु भयो।
अहिलेसम्म नेपालमा कोरोना सन्क्रमितको संख्या ४०२ पुगेको छ भने कोरोना संक्रमणको उपचारपछि ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ । हालसम्म ४५७ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार २८० जनाको कोरोना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको डा. देवकोटाले बताए ।हाल सम्म कोरोना सन्क्रमितको ३६ जिल्ला पुुुुुुगेको छ।