चितवन, २६ वैशाख २०७८
चितवन मेडिकल कलेजले नेपालमै सबैभन्दा धेरै १८३ बेड कोभिड आईसीयू सेटअप तयार गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिडको २५३ बेडमा अक्सिजनको सेटअप भएको बताए ।
राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट हेलिकोप्टरमा चितवनमा कोरोनाका गम्भीर बिरामीहरू ल्याउन थालेकोले अहिलेको सेटअपले धान्न नसक्ने हो कि भन्ने चिन्ता थपिएको डा. न्यौपानेले बताए ।
चितवन मेडिकल कलेजमा अहिले १४९ जना कोरोना संक्रमित बिरामी राखिएका छन् । अधिकांशलाई अक्सिजनको सपोर्टमा राखिएको डा. न्यौपानेले बताए । तीमध्ये आधाभन्दा बढी चितवनभन्दा बाहिरी जिल्लाका बिरामी छन। (नारायणी अनलाइनबाट)