चितवन, २८ फागुन २०७८
मर्यादित पेशागत हक हित र समग्र समतामुलक स्वास्थ्य समाज निर्माणका लागि योगदान दिने उद्देश्यले बि.स. २०६६ सालमा स्थापना भएको प्रजातन्त्रबादी चिकित्सक संघको बागमती प्रदेश स्तरीय बृहत भेला २०७८ चैत्र ५ गते सुन्दर नगरी चितवनमा हुन लागेको जानकारी संघका उपाध्यक्ष एवम् प्रदेश-३ संयोजक डा. मनोर दिन सैयदले दिनुभयो ।
गत मंगसिरमा काठमाडौंमा सम्पन्न प्रजातन्त्रबादी चिकित्सक संघको तेस्रो केन्द्रिय महाधिवेशनमा अध्यक्षमा डा. अनिल बिक्रम कार्की, केन्द्रिय उपाध्यक्ष डा. विक्रान्त ढकाल, महासचिब डा. संयुक्त आचार्य, कोषाध्यक्ष डा. समाज गौतम, सह-कोषाध्यक्ष डा. अजय साह साथै सचिबमा डा. पवन हमाल र डा. सुशील तिमिल्सिना निर्बाचित हुनुभएको थियो ।
संघ पनि प्रदेश संरचनामा जाने सिलसिलामा सो भेलाले प्रदेशको ३ को समिति घोषणाको समेत कार्यक्रम रहेको केन्दीय महासचिब डा. सँयुक्त आचार्यले जानकारी दिनुभयो। चिकित्सा शिक्षा साथै समाजसेवामा समेत आफ्नो नाम स्थापित गर्न सफल डा. मनोर दिन सैयद प्रदेश ३ को अध्यक्षमा निर्बाचित हुने देखिएको छ।