चितवन , २ भाद्र २०७७
चितवनमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ महिला र ४० पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।
भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर ५, ७, १० र ८ का ४ जना महिला र राप्ती नगरपालिका ६ का ४० जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।
यसका साथै अस्पतालमा गरिएको परीक्षणका क्रममा हेटौंडा, बारा र गोरखाका थप ४ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ। सोमबार गरिएको ३५५ जनाको परीक्षणमा ५० जनाको पोजिटिभ आएको अस्पतालले जनाएको छ।