काठमाडौं, ०५ वैशाख २०७८
राजधानीको बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित औपचारिक कार्यक्रम गरेर हेमोडाइलासिस सेवा र न्युरो साइन्स विभाग सेवा शुरु गरेको छ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष समेत रहनुभएका हेम बहादुर गुरुङ, विशेष अतिथि शंकर दास बैरागी, अतिथिहरु प्रा.डा. उत्तम शर्मा , डा.अजय प्रधान , डा. लेखजंग थापा , डा.उपेन्द्र जोशी र डा.अमित भट्टराईले रिबन काटेर शुभारम्भ गरेका छन।
२०७० साल देखि संचालनमा आएको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले अनवरत रूपमा सेवा सुविधा प्रदान गर्दै आइरहेको र विशेष गरी युरोलोजी, अर्थोपेडिक , स्त्री तथा प्रसुती , न्युरो लगायतका सेवाहरू सेवाग्राहीबाट पनि सकरात्मक प्रतिक्रिया पाउन सफल भएको अस्पतालका अध्यक्ष हेम बहादुर गुरुङले बताउनुभयो।
हस्पिटलले हेमोडाइलासिस सेवाहरूमा मिर्गौला प्रत्यारोपण परामर्श , आइसियु डायलासिस सेवा र इमरजेन्सी सेवा प्रदान गर्ने भएको छ।