काठमाडौं, ८ माघ २०७८
चीन सरकारले उपलव्ध गराएको २० लाख सुई (सिरिन्ज) शनिबार नेपाललाई हस्तान्तरण गरेको छ।
चिनियाँ दुतावासले कोरोना भाइसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको समेत बताएको छ ।
कोभिड विरुद्धको अभियानमा खोप सहित विभिन्न स्वास्थ्य सामग्री उपलव्ध गराएको चीनले पछिल्लो पटक सुई उपलव्ध गराएको हो । यो सुई ०.५ एमएलको नर्मल साइजको हो ।
कोभिडविरुद्धको खोप लगाउनका लागि यो सुई प्रयोग गर्ने नेपाली अधिकारीहरुले बताएका छन् ।