Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वर्षायाममा बालबालिकाहरुलाई कसरी जोगाउने ? डा.पौडेल

HNN Staff by HNN Staff
June 26, 2020
in News
Reading Time: 1 min read
A A
0
वर्षायाममा बालबालिकाहरुलाई कसरी जोगाउने ? डा.पौडेल
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  डा .कृष्ण पौडेल ,  निर्देशक     

 कान्तिबाल अस्पताल

 

यो समयमा आद्रता (ह्युमिडिटी) बढ्ने, पानी पर्ने, पिउने पानीका स्रोतहरु बिग्रिने हुँदा पानीजन्य अथवा खानाजन्य बिरामीहरु बढी हुने गर्छन् । झाडापखाला, आउँ, कमलपित्त अथवा जण्डिसजस्ता हेपटाइटिस बढी हुने गर्छ । धेरै बालबालिकाहरु घरमै छन् । यसकारणले अभिभावकहरुले घरमा रहँदा बालबालिकाको सरसफाइ र खानपिनमा एकदमै होसियार रहनु पर्छ । यस्तै यो मौसम लामखुट्टेको लागि उपयुक्त समय पनि हो । जताततै पानी जम्ने र पानीको मात्रा बढी हुने भएकोले मलेरिया र डेंगुजस्ता रोगहरु पनि बढी हुने हुन्छन् ।

घरवरिपरिको वातावरण विशेषगरी भाडाकुडाहरु खाल्डाखुल्डीहरु पुर्ने र सचेत हुन आवश्यक छ । बालबालिकालाई लामखुट्टेले नटोकोस् र लामखुट्टेबाट सर्ने रोगहरु नहोस् भनेर सचेत हुनुपर्दछ । यदि घरमा कृषिजन्य प्रयोगका लागि ल्याइएका विषादीजन्य पदार्थ छन् भने बालबालिकाले नभेटने ठाउँमा राखिदिनुहोला । घरमा कसैले विभिन्न औषधीहरु प्रयोग गर्नुहुन्छ भने सकेसम्म बालबालिकाहरु नपुग्ने ठाउँमा राखिदिनुहोस् । बलबालिकाहरुले कौतुहलताका कारण यस्ता चिज देखेर टेस्ट गर्ने हुँदा धेरै पोइजनिङका केसहरु अस्पतालमा देखिएको छ ।

यसैगरी घरमा दिर्घरोगका बिरामीहरु हुन सक्नुहुन्छ । उच्च रक्तचाप तथा हाइपर टेन्सन, थााइराइडका औषधीहरु खाइरहने अभिभावकहरु हुन सक्नुहुन्छ । यी औषधीहरु बालबालिकाहरुले प्रयोग गर्दा हाई डोज पर्न सक्छ । त्यसैले उहाँहरुले यी औषधीहरु पनि बालबालिकाको पहुँचबाट टाढा राख्नु पर्दछ । १ देखि ३ वर्षका बालबालिकाहरु बढी छुकछुक गर्ने स्वभावका हुन्छन् । उनीहरुलाई सकेसम्म एक्लै नछोडिदिन हुन अनुरोध गर्दछु ।

स्कुल बन्द भएकाले बालबालिकालाई विभिन्न प्रकारका सिकाइका विधिहरु रेडियो, टेलिभिजनबाट अथवा अनलाइन क्लासबाट उहाँहरु पक्कै पनि कुनै न कुनै क्लासमा अभ्यस्त नै छन् । घरमा रहेको समय सिर्जनात्मक काममा लागोस् भन्नका लागि सबै सचेत हुनुपर्छ ।

यदि बालबालिकालाई कुनै बिरामीजन्य अवस्था देखियो, नयाँ लक्षणहरु देखियो, झाडापखला, ज्वरो अथवा श्वासप्रश्वास सम्बन्धि समस्याहरु देखियो भने स्वास्थ्यकर्मी एवं चिकित्सकहरुसँग परामर्श गरिहाल्नुपर्छ । अस्पताल र स्वास्थ्यकर्मी मोबाइल अथवा टेलिफोनमा पनि उपलब्ध हुने व्यवस्था गरिएको छ ।

यसरी हामी सबै सचेत बन्यौ भने बालबालिकालाई कोभिड–१८ बाट मात्रै होइन्, बिरामी गराउन सक्ने सबै अवस्थाहरुबाट बचाउन सक्छौं । बालबालिकाहरुलाई बचाउनु नै हामी सबै अभिभावकहरुको  कर्तव्य हो।

Tags: Child HealthCorona Virus #Covid19Dr.krishna paudel
SummarizeShare235ScanTweet147

Related articles

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि

by Nam Raj Bhatta
July 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यकालको १०० दिनमा स्वास्थ्य सेवा सुधार, सुशासन, डिजिटल प्रणाली विस्तार, स्वास्थ्य बीमा व्यवस्थापन, अस्पताल सेवा सुदृढीकरण तथा औषधि व्यवस्थापन लगायतका क्षेत्रमा भएका...

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

by Nam Raj Bhatta
July 4, 2026
0

नेपालमा उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थपिएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रधानमन्त्री तथा विश्वविद्यालयका...

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

by Nam Raj Bhatta
July 2, 2026
0

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले डा. सिंहलाई अध्यक्ष चयन गरेको छ। डा. सिंहले नियुक्त...

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

by Nam Raj Bhatta
July 1, 2026
0

सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्र अछाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ जनाको सफल शल्यक्रिया गरेको छ। अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका...

Please login to join discussion
Dengue Awareness Public Health Office Bhaktapur

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.