✍️सुरेन्द्र भण्डारी, कार्यकारी सदस्य, केमसान, जय साईबाबा सर्जिकल हाउस, प्रबन्धक निर्देशक
चीनको हुवान शहरबाट फैलिएको
कोरोना भाइरस हाल बिश्वको सय देश भन्दा बढी देशमा फैलिसकेको छ।बिश्व स्वास्थ्य संगठनका (
WHO)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। तर हाल सम्म कोरोना भाइरस नेपालमा कुनैपनि ब्यक्तिमा संक्रमण भएको छैन।संक्रमण भएको छैनभनेर पनि चुप लागेर बस्नु उचित हुँदैन तर सम्बन्धित निकायलाई रोकथामका लागि उचित भूमिका निर्बाह गर्नु अपरिहार्य देखिन्छ ।यदि कोरोना भाइरसको Positive case देखिएमा Isolation ब्यबस्थाका साथै लागि औषधि तथा औषधिजन्य सामग्रीहरु (ग्लोब,मास्क,हेन्ड सेनिटाईजर ) मौज्दात राखी पुर्व तयारी गर्नुपर्ने आवश्यक छ। तर हालको अवस्थामा ग्लोब मास्क, हेन्ड सेनिटाईजर बजारमा अभाव देखिएको छ।
नेपाल एक परनिर्भर देश भएको कारणले अभाव देखिएको हो।नेपालले चिनवाट मास्क आर्यात गरि बजारमा बिक्री गर्दै आइरहेको छ। त्यसाे त नेपालमा मास्क बनाउने उद्योग नभएको होईन उद्योग भएतापनि कच्चापदार्थ चिनबाट नै आयात गर्नुपर्ने भएकाले अहिलेको अवस्थामा चिनले मास्क उत्पादन गर्दा प्रयोग हुने कच्चापदार्थ निर्यातमा बन्द गरेको र भारतले समेत मास्क निर्यातमा रोक लगाएको हुँदा नेपाली बजारमा मास्कको अभाव देखिएको हो।
समान्य अवस्थामा नेपालमा बनेको मास्कले चिनबाट आयत भएको मास्क सङ्ग प्रतिस्पर्धा गर्न नसक्नु नै हालको अवस्थामा मास्कको अभाव हुनु हो। चिनबाट मास्क आयात गर्दा १५ प्रतिशत भन्सारदर लाग्दछ तर मास्क बनाउने कच्चापदार्थ आयत गदाॅ ३५ प्रतिशत भन्सारदर लाग्छ।
सरकारले मास्क बनाउने कच्चापदार्थको भन्सारदर घटाइ आन्तरिक उद्योगलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।साथै नेपाल सरकारले भारत सङ्ग कुटनितिज्ञ पहल गरि मास्क , हेन्ड सेनिटाईजक सहज रुपले नेपालमा निर्यात गनॅ सक्ने बाताबरण बनाउने पर्ने देखिन्छ ।
हालकाे अवस्थामा चिन ,भारत तथा बिभन्न देशहरूले सजिर्कल मास्क लगाएत औषधी जन्य सामगीमा नियार्तमा राेक लगाएकाे हुदाॅं सरकारी तवरबाट कुटनितीक पहल गरी निवार्द रूपमा सजिर्कल मास्क तथा मेडिकल सामगी आयतको ब्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान
Chemsan (Chemical & Medical Suppliers Association of Nepal)) , स्वास्थ्य मन्त्रालय ,औषधि ब्यबस्था बिभाग र बाणिज्य बिभागकाे बैठकमा सहभागी भइ हाल बजारमा मास्क ,ग्लोब ,हेन्ड सेनिटाईजर मौज्दात नभएको जानकारी गराउदै आइरहेको छ तापनि विभिन्न निकायहरुबाट मेडिकल सामग्री व्यावसायीहरुले मास्क ,ग्लोब ,हेन्ड सेनिटाईजर हरु को कृतिम अभाव गरेर महँगो मूल्यमा बेचेकाे भनि जानकारी प्राप्त भएसङ्गै मानव संबेदनसिलता ध्यानमा राखी उक्त स्वास्थ्य सामग्रीहरु बजारमा कृत्रिम अभाव नगरीकन सर्भसुलभ रुपमा बिक्री बितरण गर्न हुन सम्पूर्ण ब्यवासायीहरू लाई समय समय मा अपिल गर्दै आईरहेकाे छ।
https://healthnewsnepal.com/tag/corona-virus/