काठमाडौं, २० असोज २०८०
रसायन तथा मेडिकल आपूर्ति संघ (केमसान) नेपालले १९ औं स्थापना दिवसको अवसरमा काठमाडौंको मिनभवन सेवा सदनलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ।
काठमाडौं महानगरपालिका वडा न. ११ का अध्यक्ष सरोज ढकालले रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले मिनभवन सेवा सदनलाई आवश्यक सामग्री प्रदान गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
शनिबार त्रिपुरेश्वरमा रहेको केमसानले १८ औं वर्ष पार गरेर १९ औं वर्षमा प्रवेश गरेको वा स्थापनाको अवसरमा बिहान ८ बजे त्रिपुरेश्वर वरिपरि र्याली एवम् प्रभाव फेरि गरेको छ।
त्यस्तैगरि केमसानले शान्तिनगरमा रहेको नि: सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहमा औषधि बितरण गरेको केमसानका अध्यक्ष भक्त हमाले बताउनुभयो ।
केमसानले हरेक वर्षमा प्रभातफेरी कार्यक्रम गर्नुको साथै विभिन्न कार्यक्रम गरी मनाउदै आएको अध्यक्ष हमालले बताए। केमसानले नेपालको १५ वटा शाखा बिस्तार गरिसकेको छ। केमसानले १९ औं स्थापनाको अवसरमा काठमाडौं लगायत चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रभातफेरि कार्यक्रम गरि मनाएको छ।
उनलेे भने, कोरोनाको समयम होस या भुकम्पमा केमसानले सर्जिकलका सामग्री अथवा अन्य सामग्रीहरु प्रदान गर्दै आएका छौँ ।नेपाल उद्योग बाणिज्य महासंघ को कार्यक़ारिणी सदस्य तथा स्वास्थ्य एब बिपद व्यवस्थापन समितिको सभापति रहेका हमालले देश तथा बिदेशमा बिपत आइपरेको समयमा सामाजिक सहयोग गर्दै आउनु भएको छ।