आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

Nam Raj Bhatta by Nam Raj Bhatta
March 23, 2023
in News
A A
0
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सिन्धुपाल्चोक, ९ चैत्र २०७९

चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाको नेतृत्वमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट चैत्र ८ र ९ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा ८९% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्डका टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा को ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६४७ वटा मापदण्ड मध्ये ५७६ मापदण्डहरु जसमा ७६१ नम्बर बाट ६७८ नम्वर प्राप्त गरी नेपालभरीमै उत्कृष्ट नम्बर ल्याई प्रथम हुन सफल भएको छ ।

मुल्याङ्कनको क्रममा अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा १०० प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको उक्त टिमका प्रमुख डा. नरेन्द्र कुमार झा ले समिक्षा कार्यक्रममा बताउनु भयो ।

Sindhupalchok

चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुदै गएको भन्दै मुल्याङ्कन समितिका संयोजक समेत रहेका डा. झाले बताउनु भयो ।

न्युनतम सेवा मापदण्डको कार्यक्रममा प्रमुख अथिति चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित श्रोत साधनको वावजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उहाँले अब बाँकि रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी विशेष अतिथिमा रहनुभएका चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिक बाट हेरिरहेको बताउदैं अस्पतालको बिकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो । थापाले अस्पतालको वारेमा वाहिरवाट आएका गुनासोहरुलाइ छोटो समयमा पुरागरी स्वास्थ्य सेवामा गरेको सुधारवारे प्रसंसा गदै सो कार्यमा लाग्नुहुने सवैलाइ धन्यवाद दिनुभयो ।

Maheshoer Shrestha

बिशेष अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगवाट संचालन गरी तत्काल ५० सैयामा स्तर उन्नतीका साथ देशको उत्कृष्ठ अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने वताउनुभयो ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडी वढ्ने प्रतिबद्धता जनाउनुभयो ।

अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठुलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Chautara hospital

अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालवाट महिनामा उत्कृष्ठ हुने कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो मंसिर महिना तामबहादुर श्रेष्ठ (कार्यायल सहयोगी), पौष महिना विवेक श्रेष्ठ (सहायक कम्प्युटर अपरेटर), माघ महिना डा. सुसान्त श्रेष्ठ (मेडिक अधिकृत), फागुन महिना रन्जिता श्रेष्ठ (स्टाफ नर्स) टिकालाल श्रेष्ठ (कार्यालय सहयोगी) रहेका थिए भने अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरुलाई समेत सम्मान गरेको थियो जस्मा अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखा रहेको थियो ।

Tags: #Dr. Trivhuwan Chandra JhaChautara Hospital SindhupalchokCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

Next Post

Global Health Politics.

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

11 hours ago
783
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

16 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

17 hours ago
790
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

18 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

22 hours ago
910
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

1 day ago
795
Next Post
Global Health Politics.

Global Health Politics.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...