Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

Nam Raj Bhatta by Nam Raj Bhatta
March 23, 2023
in News
Reading Time: 1 min read
A A
0
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
604
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सिन्धुपाल्चोक, ९ चैत्र २०७९

चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाको नेतृत्वमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट चैत्र ८ र ९ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा ८९% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्डका टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा को ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६४७ वटा मापदण्ड मध्ये ५७६ मापदण्डहरु जसमा ७६१ नम्बर बाट ६७८ नम्वर प्राप्त गरी नेपालभरीमै उत्कृष्ट नम्बर ल्याई प्रथम हुन सफल भएको छ ।

मुल्याङ्कनको क्रममा अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा १०० प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको उक्त टिमका प्रमुख डा. नरेन्द्र कुमार झा ले समिक्षा कार्यक्रममा बताउनु भयो ।

Sindhupalchok

चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुदै गएको भन्दै मुल्याङ्कन समितिका संयोजक समेत रहेका डा. झाले बताउनु भयो ।

न्युनतम सेवा मापदण्डको कार्यक्रममा प्रमुख अथिति चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित श्रोत साधनको वावजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उहाँले अब बाँकि रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी विशेष अतिथिमा रहनुभएका चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिक बाट हेरिरहेको बताउदैं अस्पतालको बिकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो । थापाले अस्पतालको वारेमा वाहिरवाट आएका गुनासोहरुलाइ छोटो समयमा पुरागरी स्वास्थ्य सेवामा गरेको सुधारवारे प्रसंसा गदै सो कार्यमा लाग्नुहुने सवैलाइ धन्यवाद दिनुभयो ।

Maheshoer Shrestha

बिशेष अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगवाट संचालन गरी तत्काल ५० सैयामा स्तर उन्नतीका साथ देशको उत्कृष्ठ अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने वताउनुभयो ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडी वढ्ने प्रतिबद्धता जनाउनुभयो ।

अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठुलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Chautara hospital

अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालवाट महिनामा उत्कृष्ठ हुने कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो मंसिर महिना तामबहादुर श्रेष्ठ (कार्यायल सहयोगी), पौष महिना विवेक श्रेष्ठ (सहायक कम्प्युटर अपरेटर), माघ महिना डा. सुसान्त श्रेष्ठ (मेडिक अधिकृत), फागुन महिना रन्जिता श्रेष्ठ (स्टाफ नर्स) टिकालाल श्रेष्ठ (कार्यालय सहयोगी) रहेका थिए भने अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरुलाई समेत सम्मान गरेको थियो जस्मा अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखा रहेको थियो ।

Tags: #Dr. Trivhuwan Chandra JhaChautara Hospital SindhupalchokCorona Virus #Covid19
SummarizeShare252ScanTweet147

Related articles

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

by Nam Raj Bhatta
September 24, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता
  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.