10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वीर अस्पतालमा क्याथ ल्याब सेवा शुरु #BirHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
January 19, 2023
in News
Reading Time: 1 min read
A A
0
वीर अस्पतालमा क्याथ ल्याब सेवा शुरु #BirHospital
602
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ५ माघ २०७९

नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा क्याथ ल्यावको सेवा शुरु भएको छ ।

बिहीबार स्वास्थ्यमन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्यावको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गिरीले सुलभ स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पुर्‍याउन मिलेर काम गर्नुपर्ने बताए। उनले भने, ‘विपन्न, गरिब नागरिकहरूसम्म स्वास्थ्य सेवा पुग्नुपर्छ। त्यसको लागि हाम्रो दायित्व छ। हामीले मिलेर काम गर्नुपर्छ। संरचनात्मक सुधारहरू गर्नुपर्ने कुराहरू छ। त्यो हामी गर्छौँ। सबै जनताको पहुँचमा स्वास्थ सेवा पुर्‍याउन जरूरी छ।’ स्वास्थ्य सामग्रीहरू अस्पतालमा ल्याउँदा गुणस्तरीय र भरपर्दो ल्याउन पनि मन्त्रीले निर्देशन दिनुभयो।

Bir hospital meeting hall

स्वास्थ्य राज्यमन्त्री डा. कार्किले अस्पताललाई चाहिनेजति सहयोग गर्ने बताइन्। डा. कार्कीले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न पनि निर्देशन दिइन्।

कार्यक्रममा अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले अस्पतालको बारेमा जानकारी दिँदै नर्सिङ जनशक्ति, एमआरआइ, सिटी स्क्यान मेसिनहरू थप्न अनुरोध गरेका थिए। साथै उनले मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने अनुदान बढाउन पनि माग गर्दै बिगतका वर्षहरुमा भन्दा अनुदान बढी चाहिने पनि जानकारी दिए। क्याथल्याबमा प्रायः मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउन सकिन्छ।

Dr. Kunjang Sherpa

डा. बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार यहीअस्पतालमै गर्न सकिने जानकारी दिए। वीर अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन्।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा सुरु गरिएको बताए।

अस्पतालका कार्डियोलोजिस्ट डा. समीर पौडेलले क्याथ ल्याब संचालनमा आएकोमा खुसी व्यक्त गर्दै अबका दिनमा बिरामीलाई सहज हुने बताए। डा. पौडेलले यो अस्पताल गरिब निमुखाको लागि मात्रै उपचार नभएर हामी सबैको लागि साझा भएको बताए। उहाँले सबैभन्दा सस्तो र गुणस्तरीय सेवा यही अस्पतालमा हुने भएकाले स्वास्थ्य मन्त्रालयको विशेष सहयोग हुने अपेक्षा पनि राख्नुभयो। कार्डियोलोजी विभागमा अहिले चार जना कार्डियोलोजी चिकित्सकहरु छन।

कार्यक्रममामा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईँको पनि उपस्थिति थियो। उद्घाटन कार्यक्रमकै अवसरमा स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री कार्कीले अस्पतालको हेमोडाइलासिस वार्ड लगायतका विभिन्न वार्डहरू  निरीक्षण पनि गरेका थिए।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Bhupendra Kumar basnetDr. Samir PaudelDr. Toshima karkiDr.Roshan pokharelPadam Giri
SummarizeShare251ScanTweet146

Related articles

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

by Nam Raj Bhatta
February 24, 2026
0

काठमाडौं, १२ फागुन २०८२ साम्बाले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्– ‘नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’ यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चो'टका कारण...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    624 shares
    Share 250 Tweet 156
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    594 shares
    Share 238 Tweet 149
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    594 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल
  • नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.