काठमाडौं, ८ पुष २०८१
क्यान्सर जस्तो रोग लागेपछि धेरै जसो मानिसहरु डराउने गर्छन र रोग लागेपछि समाजको भयले लुकाउने गर्छन।
तर हालै दुबई निवासि नर्सिङ पेशाकी सुर्य लक्ष्मी मानन्धरले आफ्नो फेस बुक वालमा कपाल खौरेको फोटो राखेपछि धेरैले उनलाई के भयो? भन्ने प्रश्न सोधे र अन्तमा उनले आफ्नो दिदि गीता अवाललाई स्तन क्यान्सर भएको र सो को उपचारमा हौसला दिन उनि सहित क्यानडामा भाई र बिरामिको श्रीमानले समेत कपाल खौरेको उनले पोष्ट गरेकि छिन।
डा. रोशन प्रजापतिको निगरानीमा उनको उपचार हाल भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ। डा. प्रजापतिले बिरामीले परिवारबाट पाउने यस्तो हौसलाले अझ आत्म बिश्वाश बढ्ने र यसले समाजमा अझ सचेतना पनि फैलाउने बताउनु हुन्छ। क्यान्सर जो कोहिलाई पनि हुन सक्ने र शुरुमै उपचार गरे निको हुने डा. प्रजापति बताउनु हुन्छ।