Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमै पहिलोपटक उत्पादित क्यान्सरको औषधि बजारमा

कार्यकारी निर्देशक वैद्यले इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको बताउनुभयो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 19, 2022
in News
Reading Time: 1 min read
A A
0
नेपालमै पहिलोपटक उत्पादित क्यान्सरको औषधि बजारमा
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०४ फागुन २०७८

नेपालकै पहिलो उत्पादन क्यान्सरको औषधि बजारमा आएको छ । टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टिक्यान्सर ड्रगको विक्री सुरु भएको हो ।

टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपाल भित्रै बिक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्यूलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । औषधि विदेशी बजारमा समेत पठाउने वैद्यले बताउनुभयो ।

कम्पनीको उत्पादन विश्वस्तरकै रहेकाले विदेश निर्यात् हुने दावी उहाँको छ । अहिले उत्पादन गरिएका एन्टीक्यान्सर औषधि ट्याब्लेट र क्याप्सुल रहेको कार्यकारी निर्देशक वैद्यले जानकारी दिनुभयो । इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

‘अहिले हामी मुखबाट खान मिल्ने औषधि ट्यावलेट र क्याप्सुल बनोटमा पठाएका छौं । हामी यति मै खुम्चिने होइन । इन्जेक्सन स्वरुपमा पनि जानेछौं, वैद्यले भन्नुभयो ।

एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि वैद्यले बताउनुभयो ।

नेपालकै एक मात्र नमूना उद्योग

क्यान्सरविरुद्धका औषधिहरु उत्पादनमा यस औषधिबाट उत्पादनका समयमा व्यक्ति र वातावरणमा पर्न सक्ने असरहरुलाई (विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालमा रहेका ऐन तथा नियमावली) नियन्त्रण गर्नुपर्र्ने हुन्छ । ती सबै व्यवस्थालाई टेकेर स्थापना भएको टिजिग फार्मा नेपालमा औषधि उत्पादन क्षेत्रमा एउटा नमूना उद्योग रहेको कार्यकारी निर्देशक वैद्यले बताए ।

अहिले उत्पादन गरिएका एन्टीक्यान्सर औषधि ट्याब्लेट र क्याप्सुल कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा जाने टिजिगका उत्पादनहरु ट्याव्लेट र क्याप्सुलको बनोटमा रहेको बताए । उनले इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको जानकारी दिए ।

‘अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात ट्यावलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । हामी यति मै खुम्चिने होइन । इन्जेक्सन स्वरुपमा पनि जानेछौँ, केही समय लाग्ला, तर त्यो अझ एडभान्स लेभलमा हुनेछ’ वैद्यले भने ।

कार्यक्रममा औषधि व्यवस्था विभागका सन्तोष केसीले छ दशक अघिबाट नेपालमा औषधि उत्पादन सुरु भएको इतिहास कोट्याउँदै टिजिगबाट उत्पादित औषधि पछिल्लो उदाहरण भएको बताए । उनले उत्पादित औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्य, टेक्निकल हेड सरोज पौडेल, मार्केटिङ हेड राघवेन्द्र रेड्डीले उत्पादित औषधिको प्रकार, उच्च गुणस्तर कायम गर्नका लागि चालिएका कदमका बारेमा जानकारी दिएका थिए ।

Tags: #Health and population ministryCancer medicineCorona Virus #Covid19Santosh kcShailesh baidhyaTijig pharma
SummarizeShare242ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.