चितवन, २२ चैत २०७९
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा. विजय राज न्यौपाने नियुक्त भएका छन् ।
अस्पतालका पूर्व डेपुटी डाईरेक्टर डा. न्यौपाने सोमबार बसेको मन्त्रीपरिषद्को निर्णयले अध्यक्षमा नियुक्त हुनुभएको हो ।
डा. न्यौपाने नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष समेत हुन्।