काठमाडौं, ३ असोज २०८१
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्पित्ररिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेपछि विकास समितिमा रुपान्तरण सङ्गै भक्तपुर क्यान्सर अस्पतालमा रोकिएको स्वास्थ्यकर्मीको बृत्तिविकासका कार्यक्रम अघि बढेको हो।
नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाईमा स्थापना गरेको उक्त अस्पताल लामो समयसम्म संस्थाकै अन्तर्गत रहेर सञ्चालन भएको थियो ।
तीन वर्ष अघि मात्रै सो अस्पताललाई सरकारले संस्थाबाट छुटाएर आफ्नो मातहतमा ल्याएको थियो । तर गठन आदेश नहुँदा अस्पतालका तीन सय बढी कर्मचारीहरु वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयले अब अस्पतालका सबै कर्मचारीहरु विकास समिति अन्तर्गत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ