Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

Nam Raj Bhatta by Nam Raj Bhatta
July 27, 2024
in News
Reading Time: 1 min read
A A
0
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन, १२ साउन २०८१

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको सेवा बिस्तार  गरिएको छ ।

परम्परागत चिनियाँ उपचार विशेषज्ञ  चिकित्सक च्या सोङ्गथाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ ।

यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ। फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए।

चिकित्सक थाओले भने, ‘विगतमा थोरै उपकरणले सेवा दिंदै आएका थियौं, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं।’ चीन  सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरबृद्धिको काम गरिएको उनले जानकारी दिए।

अर्का परम्परागत चिनिया उपचार विशेषज्ञ  चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाईस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाईस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिए।

नसा, दीर्घकालिन दुखाइ व्यवस्थापन , हड्डीको समस्याको उपचार परम्परागत चिनिया पद्धति र आधुनिक उपकरणको समिश्रणबाट गरिने उहाँले बताउँछन्। उनले भने,  ‘क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनिया परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौं।’

हाल दस प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिंदै आएकोमा अब यो संख्या बढ्ने अपेक्षा उनको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले फिजियोथेरापीे सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताउनुभयो । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उहाँले न्यून शुल्कमा सेवा लिन सकिने बताउनुभयो ।

डा. पौडेलका अनुसार दीर्घकालिन दुखाइ, नसा च्यापिएको, ढाड दुखेको, खुट्टा झम्झमाउने लगायतका बिरामीले यो सेवा लिन सक्नुहुन्छ।

चिनियाँहरुले सञ्चालन गरेको भएपनि यसको आम्दानी अस्पतालकै हुने उनले बताए। उनले भने,  ‘भौतिक पूर्वाधार सहित उपकरण सहयोग र विशेषज्ञ सेवा चीन सरकारको तर्फबाट भएको हो।’

Tags: #government of Nepal#Health and population ministry#PhysiyotheraphiBP koieralaDr. Shivaji Paudel
SummarizeShare234ScanTweet147

Related articles

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.