आज मिति : २०८२ कार्तिक १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

Nam Raj Bhatta by Nam Raj Bhatta
July 27, 2024
in News
A A
0
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, १२ साउन २०८१

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको सेवा बिस्तार  गरिएको छ ।

परम्परागत चिनियाँ उपचार विशेषज्ञ  चिकित्सक च्या सोङ्गथाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ ।

यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ। फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए।

चिकित्सक थाओले भने, ‘विगतमा थोरै उपकरणले सेवा दिंदै आएका थियौं, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं।’ चीन  सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरबृद्धिको काम गरिएको उनले जानकारी दिए।

अर्का परम्परागत चिनिया उपचार विशेषज्ञ  चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाईस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाईस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिए।

नसा, दीर्घकालिन दुखाइ व्यवस्थापन , हड्डीको समस्याको उपचार परम्परागत चिनिया पद्धति र आधुनिक उपकरणको समिश्रणबाट गरिने उहाँले बताउँछन्। उनले भने,  ‘क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनिया परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौं।’

हाल दस प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिंदै आएकोमा अब यो संख्या बढ्ने अपेक्षा उनको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले फिजियोथेरापीे सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताउनुभयो । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उहाँले न्यून शुल्कमा सेवा लिन सकिने बताउनुभयो ।

डा. पौडेलका अनुसार दीर्घकालिन दुखाइ, नसा च्यापिएको, ढाड दुखेको, खुट्टा झम्झमाउने लगायतका बिरामीले यो सेवा लिन सक्नुहुन्छ।

चिनियाँहरुले सञ्चालन गरेको भएपनि यसको आम्दानी अस्पतालकै हुने उनले बताए। उनले भने,  ‘भौतिक पूर्वाधार सहित उपकरण सहयोग र विशेषज्ञ सेवा चीन सरकारको तर्फबाट भएको हो।’

Tags: #government of Nepal#Health and population ministry#PhysiyotheraphiBP koieralaDr. Shivaji Paudel
Nisarga hospital Dhangadhi
Previous Post

मानसिक अस्पताल र सामाजिक स्वास्थ्य सुरक्षा : देखिएका कैफियत र सुझाबहरु

Next Post

नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता

Related articles

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण
News

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण

7 hours ago
781
स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने
News

स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने

15 hours ago
1k
मन्थलीमा सुविधासम्पन्न आँखा अस्पतालको निर्माण
News

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पतालको निर्माण

4 days ago
785
सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन
News

सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन

6 days ago
788
यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने
News

नर्भिक इन्टरनेसनल हस्पिटलमा नर्सिङको तलब बढ्यो

1 week ago
807
आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव
News

आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

1 week ago
790
Next Post
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता

नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,277)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.