भक्तपुर , ०४ पौष २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको बिकास समिति गठन गरेको छ।
मन्त्रालयले बुधबार सामाजिक क्रियाकलाप अनि सक्रियताका विज्ञहरु सहित केन्द्रीय स्तरको अस्पताल भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंह , स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका निर्देशक डा.गुणराज लोहनी र वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. गणेश दंगाललाई सदस्य पदमा नियुक्त भएको जानकारी दिएका छन्।
उक्त समिति भक्तपुर. नगरपालिकाका मेयर पदेन सदस्यमा रहने व्यवस्था छ। यो टिमले भक्तपुर क्यान्सर अस्पतालको समग्र बिकास र ब्यबस्थापन. गर्न सफल रहने बिश्वासका साथ नवनियुक्त अध्यक्ष र सदस्यहरुलाई सफल कार्यकालको लागि बधाई दिनु भएको छ।
विकृति, विसंगतिलाई रोक्दै स्वास्थ्य क्षेत्रमा एउटा नयाँ मार्ग निर्माण गर्न सजिलो भएको छ।