काठमाडौं, २८ माघ २०७७
बागमती प्रदेश सरकारले क्यान्सर बिरामीलाई बुधबार थप पचास हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यस अघि नेपाल सरकारले एक लाख रुपैंया उपलब्ध हुँदै गराउदैं आएको थियो । अब यो संगै बागमति प्रदेशका क्यान्सर बिरामीले एक लाख ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेशका क्यान्सर रोगीहरुको उपचारको लागि सहज वातावरण हुने र फागुन १ गते देखि लागु समेत हुने बताउनुभयो।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका पदाधिकारी, सरोकारवाला संस्थाका विज्ञहरुको सिफारिसमा प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बाग्मती प्रदेश सरकारको यस निर्णयले क्यान्सर बिरामीको उपचारमा ठूलो राहत पुग्ने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग बिशेषज्ञ डा. उज्ज्वल चालिसेले बताउनु भयो। यस्तो निर्णय हरेक प्रदेश सरकारले गर्दै जानू पर्ने पनि उहाँले बताउनु भयो। साथै यस निर्णय लाई छिटोभन्दा छिटो कार्यन्वयनमा लानुपर्ने कुरामा जोड दिनुभयो।
Comments 1