बुटवल, १ माघ २०७८
लायन्स क्लब अफ बुटवल बिग सिटिले क्लबका सदस्य तथा tail twister लायन मदन घिमिरेको संयोजकत्वमा पुस २८ गते बुधबारको दिन बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए। `नियमित रक्तदाताहरुलाई सम्मान र नब रक्तदाताहरुलई प्रोत्साहन´ भन्ने मुल नाराका साथ कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा district- chief advisor 325 B2 Nepal MJF लायन उमङ्ग देबकोटा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष लायन सन्तोष थापाले गर्नुभएको थियो । यस क्लबले रक्तदान कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।