आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
December 28, 2024
in News
A A
0
बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल सञ्चालन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बागलुङ, १३ पुष २o८१

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल सञ्चालन गरेको छ ।

गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण गरेर जनशक्ति समेत थप गरी अस्पताल सञ्चालन गरेको हो । अस्पताल सञ्चालन सँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्ने भएको छ ।opening

अस्पतालमा शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शैयाको  अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्यय थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने पाण्डेको भनाइ छ ।Ssagat dr. Navindta

२०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरि अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल सरहको सेवा-सुविधाको रूपमा विकास गर्ने योजना रहेको थियो । अस्पतालको रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भए तापनि अस्पतालको रूपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, २४ घन्टे सेवा, ओपिडी, इमर्जेन्सी सेवा कटौती भएका थिए ।burtibang hospital

अस्पतालमा झन्डै १० वर्ष पहिलेदेखि नै शल्यक्रियामार्फत सुरक्षित सुत्केरी सेवा प्रदान गरिँदै आएको थियो । अहिले यसलाई थप व्यवस्थित गरेर इमर्जेन्सी र ओपडी दुवै गरेर थप सेवाहरू विस्तार भइसकेको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नवीन्द्र ढकालले जानकारी दिनुभयो। ‘पूर्वाधार सहित भिडियो एक्सरे देखि प्रसूति सेवामा अप्रेसन पनि सञ्चालनमा आइसकेको छ,’ डा. ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ यहाँ १० वर्षअघि नै पर्याप्त पुग्ने गरी भवन बनाएको थियो ।Dr. Nabindra

डा. ढकालका अनुसार अस्पताल नबन्दै यहाँ वार्षिक सात सयजनाले त सुत्केरी सेवा मात्रै लिएको तथ्यांक रहेको छ । अस्पतालमा दैनिक तीन सयजनासम्म उपचारका लागि आउने गरेका छन् । बाल रोग विशेषज्ञसमेत रहेका ढकाललगायत एकजना एमडिजिपी डाक्टर पनि कार्यरत रहेका छन् । अस्पतालले दाँत, आँखा उपचार, भिडियो एक्सरे, क्षयरोगको जिन एक्स्पर्ट सेवासमेत दिन थालिसकेको छ । डा. ढकालका अनुसार यहाँ मासिक २० वटासम्म अप्रेसन भइरहेका छन् । हरेक वर्ष ८० भन्दा बढी पोस्टमार्टमसमेत यहाँ भएको छ ।Puruskar

ओपिडी, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि नियमित सञ्चालन भएको छ । यहाँ स्वास्थ्य सेवा नपाए स्थानीयहरू सदरमुकाम बागलुङ बजार पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ । यहाँ रक्तसञ्चार सेवाका लागि पनि तयारी गरिएको छ ।

मध्यपहाडी लोकमार्ग बागलुङमा मात्रै १४२ किलाेमिटर छ । उक्त खण्डमध्ये झँडै ८० किलाेमिटर खण्डको सेवा क्षेत्र पनि बुर्तिबाङ हो । यहाँ दुर्घटनाका बिरामी पनि धेरै आउने भएकाले रक्तसञ्चार सेवा अति आवश्यक रहेको गण्डकी प्रदेश सभा सदस्य द्रोण कुँवर बताउँछन् । सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा अस्पताल अतिआवश्यक भएकोमा ढिला गरी सेवा प्रदान गर्न पाउँदा यस क्षेत्रका जनतामा खुसियाली छाएको कुँवर बताउँछन् ।

सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा यो अस्पताल पश्चिम बागलुङका नागरिककाे पहिलो आधार भएका कारण आगामी दिनमा यसलाई अझै व्यवस्थित गरिने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । मध्यपहाडी लोकमार्गको छेउमै पर्ने अस्पताललाई आगामी दिनमा आउन सक्ने समस्यालाई मध्यनजर ट्रमालगायत सेवालाई प्राथमिकता राख्ने पाठक बताउँछन् ।

बुर्तिबाङबाट सामान्य उपचारका लागि पनि पाल्पा र बुटवल जाने समस्या अस्पताल स्थापनाले हटेको स्थानीयको भनाइ छ । हालसम्म ढोरपाटन नगरपालिकाको स्वामित्वमा रहेको अस्पताल अबदेखि गण्डकी प्रदेश सरकारमातहतमा रहने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भूमिश्वर शर्माले जानकारी दिए।

Tags: #government of NepalBurtibang hospitalDr. Navindra Dhakal
Nisarga hospital Dhangadhi
Previous Post

दैलेखमा चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित

Next Post

डा. सुनिल श्रेष्ठलाई “विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१” बाट सम्मानित

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

7 hours ago
830
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

11 hours ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

21 hours ago
796
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

5 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

6 days ago
865
Next Post
डा. सुनिल श्रेष्ठलाई “विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१” बाट सम्मानित

डा. सुनिल श्रेष्ठलाई "विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१" बाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...