काठमाडौं, १३ कार्तिक २०७९
हरेक वर्ष अक्टोबर २९ तारिखको दिन विश्व मस्तिष्कघात दिवस मनाउने गरिन्छ।
विश्वमा २५ वर्ष उमेर माथिका ४ मध्ये एक जनालाई मस्तिष्कघात हुने गर्दछ भने हरेक ४० सेकेन्डमा १ जनामा मस्तिष्कघात देखिने गर्छ।
नेपालमा यो रोग मृत्युको तेस्रो र अंपागताको पहिलो कारण हो। यो रोगको बारेमा जनचेतना हुन जरुरी भएको न्यूरो इन्टरभेन्सनिष्ट डा. सुबास फुयाँल बताउँछन्। यो रोगबाट धेरै मानिसहरू पिडित भएतापनि जनचेतनाको भने कमी छ।
अहिले आएर यो रोगको उपचार नेपालमै सम्भव भएको पनि डा. फुयाँल बताउँछन्। डा. फुयाँलका अनुसार बिगत तिन वर्ष देखि यो रोगको उपचार इन्टरभेन्सन प्रविधिबाट हुने गरेको छ।
डा. फुँयालले १५० भन्दा बढी मस्तिष्क घात भएका बिरामीहरुको सफलतापूर्वक उपचार गरिसक्नुभएको छ। विश्वभरि मस्तिष्कघात सेवा प्रवद्र्धन गरिरहेका चिकित्सक मध्ये डा. फुयाँललाई पनि चित्रित गरिएको छ।
थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस।
डा. सुबास फुयाँल
डिएम न्युरो इन्टरभेन्सनिष्ट