काठमाडौं, १३ चैत २०७८
बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार राजधानीमा विशेष समारोहकाबीच साधारण सभाबाट अध्यक्षमा डा. सुधार अधिकारी मनोनयन भएका छन्।
डा. केदार नरसिंह केसीको आफ्नो कार्यकाल पूरा भएपछि डा. अधिकारी लाई पदभार दिएका छन्।
समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिमा उक्त कार्यक्रम शुरु भएको थियो ।
यस्तै काङ्ग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला लगायत, काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ लगायत कांग्रेस नेताहरुको समेत सहभागिता थियो ।
त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. सुधार अधिकारीले अस्पतालले आम जनताको स्वास्थ्यमा पुर्याएको योगदानको कदर गर्दै अस्पतालमा सोचेजस्तो र थप जनशक्तिको आवश्यकता नभएको बताउनुभयो।
उनले १४ वर्ष सम्म आइपुग्दा पनि सुधारका कार्यहरु हुन नसकेको र अब अस्पताल ब्राण्ड बनाउने तर्फ अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार भएपनि राज्यको ध्यान नपुगेको अवस्थामा आम जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्धका लागि महामानव वीपी कोइरालाको नाममा अस्पताल खोलेको बताए । उनले कोभिड महामारीका बेलामा समेत अस्पतालले निर्वाध रुपमा सुरक्षित ढंगले सेवा उपलव्ध गराएको बताए ।
सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ १४ वर्ष अघि स्थापित उक्त अस्पतालमा अहिले ६३९ जना शेयर सदस्य रहेका छन् ।