काठमाडौं १० श्रावण
रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलको आयोजनामा उपत्यकामा भएको रगतको अभावलाई मध्यनजर गर्दै शनिवार वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
अस्पतालको प्राङ्गणमा भएको कार्यक्रममा ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समिर शर्माले जानकारी दिए। कार्यक्रममा नेपाल नेशनल हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौड्याल, कंलकी युथ क्लबका अध्यक्ष सूर्य नारायण शर्मा (सुरु), कंलकी प्रहरी प्रभागका प्रहरीहरु, माछापुच्छ्रे बैंक कंलकी शाखाका प्रबन्धक आलोक मान श्रेष्ठ , नेपाल नेशनल हस्पिटलका कर्मचारीहरु, रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलका सदस्यहरु तथा स्थानीयबासिहरुको सहभागिता थियो।
उक्त अस्पतालले काठमाडौं उपत्यकामा रगत अभाव भएको बेला रक्तदान कार्यक्रम गर्दै आउनु भएको छ।