काठमाडौं, २० वैशाख २०७८
ब्लड क्यान्सर बाट पिडित बाग्लुङ नगरपालिका १३ पैयुँपाटा बाग्लुङ कि बर्ष २५ कि गंगा देबि सुबेदि शर्मा लाई पैयुँपाटा सेवा समाजको अगुवाईमा संचालित गंगा बचाउ अभियानमा बिभिन्न सहयोगी महानुभावहरु बाट संकलित रु ७०००५ रुपैयाँ निजका श्रीमानको खातामा जम्मा गरिएको छ । कोभिडका कारण प्रत्यक्ष भेटेर दिन असम्भव भएकोले श्रीमानको खातामा प्रत्यक्ष रुपमा रकम जाने ब्यबस्था मिलाइएको थियो । उपचारको क्रममा करिब ४५ दिन देखि टिचिङ्ग हस्पिटल महाराजगंजमा रहेकि गंगालाई उपचारमा आर्थिक अभाब हुने देखेपछि देश बिदेशमा रहेका बिभिन्न संस्थाहरुलाई सहयोग लागि अनुरोध गरिएको थियो।
त्यसै अनुरुप सहयोग रकम आइराखेको छ अहिलेसम्म आर्थिक अभाब भएको छैन गंगा को स्वास्थ्यमा सुधार भैराखेको छ । केमो चलाउने काम जारी छ ,तैपनि डाक्टरले २० लाख भन्दा बढि खर्च लाग्ने भनेकोले तेत्रो पैसा कहाँ बाट जुटाउने हो भन्ने अझै अन्योलमा रहेको छु , सबैको सहयोग आउने क्रम चलि नै रहेको र सबै ले यसरि नै साथ र सहयोग दिनु हुनेछ भन्ने आशा गरेको छु बिक्रम भन्छन । सामाजिक कार्यमा कृयाशिल पैयुँपाटा सेवा समाज काठमाडौंलाई यो सहयोग को निमित्त धेरै धेरै धन्यवाद भन्न चाहन्छु बिरामीका श्रीमान बिक्रम शर्माले भनेका छन ।
अहिले सम्म निजको उपचारको लागि शिब भट्टको अगुवाइमा पोल्याण्डमा रहेका नेपालीबाट करिब एक लाख त्रीचालिस हजार र जापानमा सामाजिक काममा कृयाशिल बलेवा सेवा समाज बाट करिब दुई लाख पचिस हजार सहयोग आइसकेको समेत बिरामीका श्रीमानले बताउनु भयो । अझै आर्थिक जोहो गर्नुपर्ने हुँदा बिभिन्न मनकारी ब्यक्तित्व हरुलाइ ग्लोबल आइ एम ई बैंक पानीपोखरी शाखा मा बिक्रम शर्माका नाम रहेको खाता नं ३३०७०१००४४७०३ सहयोग गरि मानबिय धर्म निभाईदिनु हुन अनुरोध गर्दछु भन्दै पैयुँपाटा सेवा समाज काठमाडौंका उपाध्यक्ष देबेन्द्र शर्माले अपिल गरेका छन ।