ललितपुर, १८ चैत्र २०७७
ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट संकलन गरिएको नमुनामा बर्ड फ्लु भेटिएका पशु सेवा विभागका जनाएको छ।
विभागका अनुसार गत माघयता काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्ड फ्लु फैलिएको पुष्टि भइसकेको छ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको परिचालन गरिएको विभागले जनाएको छ।
रोग नियन्त्रणका लागि विभागले ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ किलोग्राम दाना नष्ट गरेको छ।