काठमाडौं, २१ चैत्र २०७७
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सिनेट (सभा) यही चैत्र २२ आईतवार बस्ने भएको छ।
प्रतिष्ठान कार्यकारी परिषदको गत शुक्रवार अज्ञात स्थानमा बसेको परिषद बैठकले सिनेट बैठक २२गते बस्ने निर्णय गरेको थियो। परिषद बैठक न्याम्स कार्यलयमै बस्ने गरेको भए पनि कर्मचारी र चिकित्सकहरुले राखेको माग देखि डराएर न्याम्स पदाधिकारी हरुले कार्यालय बाहिर बैठक बसि सभा बस्ने निर्णय गरेको हो, तर कर्मचारीहरुले राखेका माग परिषद बैठकबाट पारित गरि सभामा लैजान माग गरेका छन।
सो माग सम्वोधनलाई कर्मचारीले सभा अध्यक्ष तथा स्वास्थ्य मन्त्रि एँव प्रतिष्ठानका सहकुलपति , स्वास्थ राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पनि आफ्नो मागहरु सभा मार्फत पुरा गरी दिन माग गरेको छन । नभए कडा कदम चाल्न बाध्य हुने कर्मचारी युनियनले बताएको छ ।
साथै प्रतिष्ठान अघि नबढनुमा र अस्थव्यस्थ हुनुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा. पियुष दाहल र आफुलाई स्वास्थ्य सचिवको ऐजेन्ट हुँ भन्ने ट्रमा सेन्टरका नि मे सु डा. सन्तोष पौडैल ,डा. गौरव ढकालका साथै उनिहरुका आसेपासे अरिङ्गाल समुह र बिगत ६ बर्ष देखी मेडिकल माफियाको आर्शीवादले वीर अस्पतालको खरिद एकाईमा बसि ब्यापक अनियमितता गर्दै आइ रहेको समुहका भगवती थपलिया, अरुण महत्तोको कारण वीर अस्पताल धराशायी भएको स्वास्थ्य कर्मी सघंको निष्कर्ष छ ।
संघले विरामीलाई सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवा दिन आवश्यक पहल गर्नुपर्ने , आइ सि यु बेड थप गर्नुपर्ने ,समय सापेक्ष ऐन तथा नियमावली संमसोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकास ,ट्रमा सेन्टर वीर अस्पताल मातहत सन्चालन हुनुपर्ने ,सेवा आयोग गठन,ओ एन एम सर्वे,कर्मचारी /शिक्षक वृद्धि बिकास, स्तर वृद्धि,उपदान कोष स्थापना,सेवा अवधि गणना, दुवाकोट परियोजना सुरु गर्ने , नयाँ सर्जिकल भवन सन्चालन, बिग्रिएको उपकरण(२ बटा सिटी स्याक्यन, मेमोग्राम, स्पेशल ऐक्सरे, सि -आर्म,इन्डोस्कोपी, गामा क्यामेरा, अक्सिजन मेसिन, फाइबर स्याक्यन,१२बटा भेन्टिलेटर, युरोफ्रोले मिटर लगायत) तत्काल मर्मत र सन्चालन, महंगोमा किनिएको इन्टा अप सिटी र टोमोथोपारी सन्चालन ( यि उपकरण मर्मत र सन्चानल नहुनुमा कम कमिसन आउने हुँदा नयाँ किन्न आफुनिकट सग स्फेपिकेसन माग गरि उसैलाई हुने गरी खरिदको भष्ट्राचारी समुहले टेन्डर आवाहनको तयारी पनि गरेको छ। उपकरण खरिदको रू १५ करोड बजेट हाल सम्म खर्च भएको छैन।) तलव भत्ता समयमै दिनु पर्ने करार तथा ज्यालादारी कर्मचारीलाई समान सेवा सुविधा दिनु पर्ने निजहरू लाई सेवा आयोगबाट लोकसेवाको नियम अनुसार स्थायी प्रक्रिया सुरू गर्नुपर्ने अस्पताल हुने चुवाहट रोक्नुपर्ने , वीर र ट्रमा सेन्टरमा भएको अनियमितताको सम्बन्धमा छानविन हुनु पर्ने,सर्तकता केन्द्रको सिफारिश अनुसार भष्ट्राचारीलाई कारवाही हुनुपर्ने र तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनु पर्ने लगायत माग राखेका छन। उनिहरुले वीर अस्पताल र ट्रमा सेन्टर सुधार र चलाउन सक्ने ब्यक्ति भनेको डा. भुपेन्द्र बहादुर बस्नेत , डा. दिपेद्र श्रेष्ठ, डा. दिपक दत्ता, र डा. रूद्र मरासनि हुन ।
यि मध्ये बाट निर्देशक नियुक्ति हुनुपर्ने माग छ भने सो मागको समन्धमा सिनेट मार्फत आवश्यक निर्णय गरिदिन सभा अध्यक्ष तथा स्वास्थ्य मन्त्री एव सहकुलपति ,स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिव र सभाको सदस्य हरु लाई पनि ध्यानाकर्षण गरेको छ र ज्ञापन पत्र पनि दिएको युनियनका एक बरिष्ठ चिकित्सकले बताए।
Comments 3