काठमाडौं, ०५ चैत्र २०७७
देशकै ठुलो र पुरानो वीर अस्पताल तथा स्नाकोत्तर र सो भन्दा माथिको अध्यान अध्यापन हुने वीर अस्पताल दैनिक २ हजार देखि २५ सय सम्म बिरामी आउने अस्पतालमा झन्डै १४ सय हाराहारीमा कर्मचारी छन। जसमा प्रतिष्ठान सेवाका कर्मचारी ७५० रहेका छन भने स्वास्थ्य तथा निजामति सेवाका गरी काजमा ७०० हाराहारी मै कर्मचारी छन ति कर्मचारी हरुले दुइ महिना देखि तलव पाएका छैनन भने बिगत ८ महिना देखि सेवा बिस्तार भत्ता र शैक्षिक भत्ता ,कोभिड भत्ता, जोखिम भत्ता पाउन सकेका छैनन ।
हाल निर्देशक पद रिक्त छ भने रजिष्टार, रेक्टर र भिसि लगायत पदाधिकारीले तलव खुवाउने कुनै पहलै गरेका छैनन। यता लामो समय देखी समायोजनमा परेर पनि तिन दर्जन कर्मचारी रमाना नलिई वीर अस्पतालको खरिद ,मेडिकल बोर्ड र स्टोरमा वसि रहेका छन । तिनिहरुको तत्काल रमाना दिनु पर्ने पनि कर्मचारीले माग गरेका छन साथै प्रतिष्ठानले आफ्नो ओ एन एम सर्वे गरी आवश्यक दरवन्दी सेवा आयोगबाट पुर्ती गर्ने भनेको छ उता उपकुलपति भने नयाँ निर्देशक मन्त्री कहाँ नियुक्ति कोलाई सिफारिश नगरि बसेका छन कर्मचारीहरू भने योग्य , अस्पताल भित्रै काम गरेको, अस्पताललाई बुझेको र मन्त्रालय संग समन्वय गरी अनुदान ल्याउन सक्ने अस्पतालको सेवा सुविधा बढाउन सक्ने बिग्रिएको उपकरण मर्मत गरी सन्चालन गर्ने सक्ने , नयाँ सर्जिकल भवन सन्चालन गर्ने सक्ने , दुवाकोटको परियोजनालाई अगाडी बढाउन सक्ने , अस्पतालमा हुँदै गरेको र भैरहेको अनियमितता छानविन गर्ने दरवन्दी बाहिरका समायोजनमा परेकालाई तत्काल रमाना दिने लगायत काम गर्ने सक्ने चिकित्सकलाई निर्देशक नियुक्तिको लाई उपकुलपति र स्वास्थ्य मन्त्री समक्ष लिखित र मौखिक अनुरोध गरिरहेका छन ।
जसमा डाक्टर अस्पतालको सबैभन्दा बरिष्ठ ११ तहका डा. सरोज शर्मा, डा. भुपेन्द्र बहादुर बस्नेत ,डा. दिपेन्द्र श्रेष्ठको चर्चा छ ।अस्पतालको आम्दानी बढाउन कर्मचारीहरूले पकट-पटक सेवा सुधार तथा बिस्तार, बिग्रिएको उपकरण मर्मत , नयाँ सर्जिकल भवन सन्चालन गर्ने माग गरे पनी हालका पदाधिकारी हरूको जुगाको लडाई खासमा रेक्टर डा. सुवोध अधिकारीका कारण नयाँ भवन सन्चालन र दुवाकोटको बिस्तारित योजना अगाडी बढेको छैन , सो हुँदा नयाँ भवन सन्चालन र बिग्रिएको उपकरण मर्मत गरी सन्चालन गर्नुपर्ने छ ।
तर्सथ तत्कालै अस्पताल भित्र बाटै बरिष्ठ र योग्य कर्मचारीलाई नयाँ निर्देशक नियुक्ति गर्ने कर्मचारीले माग गरेका छन सो सम्बन्धमा कर्मचारीसंघले स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्य मन्त्री र स्वास्थ्य सचिव कहाँ पनि ज्ञापन प्रत्र बुझाएका छन।