काठमाडौं, ०१ चैत्र २०७७
वीर अस्पतालको निमित्त निर्देशकमा डा शान्ता सापकोटालाई जिम्मेवारी दिइएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डिएन साहले डा. सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल आजबाट नै सकिएकाले अस्पतालको दैनिक कामकाज चलाउन डा. सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मा दिइएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए।
अस्पतालको निर्देशकका लागि धेरै जना आकंक्षी भएकाले तत्काले निर्देशक नियुक्ती हुने सम्भावना कम भएको भन्दै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको नियुक्ती दिइएको हो।