काठमाडौं, २५ असार २०८०
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको सहायक निर्देशकमा डा. श्रवण कुमार थापा र सहायक डिनमा डा. राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन्।
न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको सिफरिसमा डा. थापालाई सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहन बस्नेतले सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
न्याम्सका डिन डा. अशेष ढुंगानाको सिफारिसमा उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. श्रेष्ठलाई सहायक डिनमा नियुक्त गरेका हुन्।