Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि वीर अस्पतालमा बिरामीको बेड चार्ज निशुल्क

Nam Raj Bhatta by Nam Raj Bhatta
June 23, 2023
in News
Reading Time: 1 min read
A A
0
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
610
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ असार २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनपछि वीर अस्पतालले आजैदेखि लागु हुने गरि बेड चार्जको पैसा निशुल्क गरेको छ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्यमन्त्री बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याविन र आईसियू बाहेक वीरका सबै ७ सय वटै शैया निःशुल्क गर्ने निर्णय गरेको हो ।Bed charge

स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिए । आज निर्णय भएर कार्यन्वयनमा आयो । जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ । ’ वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो । दैनिक २०० रुपैया तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो । ७०० शैया निःशुल्क भएपछि वीरलाई करिव ६ करोड भार थपिने छ ।

न्याम्सका नवनियुक्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले पनि स्वास्थ्य मन्त्री बस्नेतज्यूले पटक पटक दिनु भएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए । डा. बस्नेतले  आईसियू बाहेक सबै शैया निशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए ।

मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफु सफल हुदै गइरहेको बताए । हरेक अस्पतालले विपन्नलाई १० प्रतिसत शैयामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफुले कडाईका साथ लागु गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफु त्यो काममा अगाडि बढिसकेको बताए । सूर्ति जन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफु लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19
SummarizeShare258ScanTweet147

Related articles

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

by Nam Raj Bhatta
June 27, 2026
0

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा सन् २०२६/२०२७ को लागि डा. श्रृष्टी श्रेष्ठ प्रजापति चयन हुनुभएको छ। सन् १९२५ मा बेलायतको म्यान्चेस्ट​र​बाट सुरु भएको यस ईन​र ह्विल...

भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

by Nam Raj Bhatta
June 27, 2026
0

भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निश्चित प्रकार छुट्याउन आवश्यक पर्ने महत्त्वपूर्ण आईएचसी परीक्षण अस्पतालकै प्रयोगशालाबाट प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभएको छ । क्यान्सर विशेषज्ञहरूका अनुसार अस्पतालबाटै यो सेवा उपलब्ध...

कञ्चनपुरमा एक सातामा २४ जना लागुऔषधसहित पक्राउ

कञ्चनपुरमा एक सातामा २४ जना लागुऔषधसहित पक्राउ

by Nam Raj Bhatta
June 27, 2026
0

कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले एक साताको अवधिमा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६ असारदेखि १२ असारसम्म २३ पुरुष र एक महिलालाई पक्राउ गरिएको...

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति
  • भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु
  • कञ्चनपुरमा एक सातामा २४ जना लागुऔषधसहित पक्राउ
  • शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय
  • लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.