काठमाडौं, १३ कार्तिक २०७९
वीर अस्पतालमा बिगत केही दिन देखि डेंगु संक्रमणको उपचार गराइरहनु भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राज्यमन्त्री केसी कात्तिक २ गते भर्ना भएका थिए। डेंगुले गलाएपछि थप उपचारका लागि उनलाई ३ गते वीर अस्पतालमा सारिएको थियो।
राज्यमन्त्री केसीको अवस्थामा सुधार भएपछि आइतबार बिहान डिस्चार्ज गरिएको वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।