काठमाडौं, ७ साउन २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्।
मन्त्री खापुङलाई चक्कर लाग्ने र बान्ता हुने समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा पुगेका छन्।
चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि मन्त्री खापुङको हाल स्वास्थ्य परीक्षण र उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।
डा. बस्नेतले भने, चक्कर लागेको र बान्ता भएको भन्नु भएको छ। हामीले उहाँको स्वास्थ्य परीक्षण गरिरहेका छौँ। अन्य समस्या भएको छैन।