काठमाडौं, ६ साउन २०७९
नेपालको केन्द्रीय अस्पताल वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा दुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
अस्पतालले विशेषज्ञ चिकित्सकहरु सहितको शिविर आयोजना गरेको हो। शिविरमा बिरामीको स्वास्थ्य जाँचसहित ल्याब सेवा पनि प्रदान गरिएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
शिविर कार्यक्रममा डा. बस्नेत सहित उपनिर्देशक प्राडा. अनुपमा कार्की, प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा. प्रकाश बुढाथाेकी, डा. बिष्णु बहादुर बस्नेत लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।