काठमाडौं, ०७ जेठ २०७९
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आईतबार विदा दिने भएको छ ।
वीर अस्पतालले एक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार आईतबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो । अस्पतालले आकस्मिक सेवा बाहेकका अन्य सम्र्पूण सेवा बन्दा गर्ने सूचना जारी गरेको छ ।
उपकुलपतिस्तरीय निर्णयले आईतबार विदा दिने निर्णय गरेको जनाइएको छ । नर्सिङ कलेजमा समेत शनिबार र आईतबार विदा हुनेछ ।