काठमाडौं, १६ बैशाख २०७९
नेपालको केन्द्रीय अस्पताल वीर अस्पतालमा दुई वर्ष देखि बन्द भएको फाइब्रोस्क्यान सेवा पुनः सञ्चालनमा आएको छ।
फाइब्रोस्क्यान भनेको लिभर कति बिग्रेको छ भनेर जाँच्ने यन्त्र हो, यसलाई जस्तै मानिसहरूले रक्सी खाएर, हेपाटाइटिस बि र फ्याटीलिभर भएर कलेजो कति कडा भएको छ, बिग्रेको हुन्छ, त्यो पत्ता लगाउने गर्दछ। यो मेसिन नहुँदा बिरामीको कलेजोको टुक्रा अप्रेसन गरेर निकाली प्रयोगशाला जाँचेर पत्ता लगाउने गरी त्यो जुन प्रक्रिया एकदमै जोखिमपूर्ण मानिन्छ।
नेपाल सरकारको अस्पतालमा वीर अस्पतालमा मात्रै यो सेवा दिइन्छ, यसमा कलेजो के कति बिग्रेको छ, रक्सी खाएको र फ्याटी लिभर के कति बिग्रेको छ, हेपाटाइटिस बी हुनेको के कति बिग्रेको छ भनेर फाइब्रोस्क्यानबाट नाप्न सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्राडा. भूपेन्द्र कुमार बस्नेतले बताउनुभयो।
डा. बस्नेतका अनुसार फाइब्रोस्क्यानको भ्यालिटेसन गर्न नेपालमा सम्भव नभएर कलकत्तामा लगेर बनाएर ल्याएका हौ र अहिले निरन्तर सेवा प्रदान गरिरहेका छौँ।
फाइब्रोस्क्यानको काम कलेजो बिग्रिएर कति कडा भएको छ पत्ता लगाउन हो। वीर अस्पतालको मेसिन अति आधुनिक भएकाले कलेजोको चिल्लोपना पनि नाप्ने गर्दछ। कलेजोमा भएका रोगहरू सजिलै पत्ता लगाउने यन्त्र भएको अस्पतालका कलेजो रोग विशेषज्ञ डा. बिकास जैशीले बताए। उनले भने; अस्पतालको लिभर युनिटमा यो सेवा पुनः सञ्चालन हुँदा बिरामीको कलेजो के कस्तो छ भनी पत्ता लगाउन सजिलो भएको छ।
रोटरी क्लबले २ करोड ५४ लाख लागतको मेसिन अस्पताललाई सहयोग गरेको थियो।