काठमाडौं, ११ वैशाख २०७८
पटक पटक अनियमितता हुँदै आईरहेको वीर अस्पताल राष्ट्रीय सर्तकता केन्द्रले कारवाही गर्ने र नयाँ खरिद एकाई बनाउन सिफारिश गरेको भएपनि कुनै कारवाही भएको छैन।
अस्पतालका निर्देशक र उपकुलपतिले नदेखेझै गर्छन भने हालै स्वास्थ्य मन्त्रालयले पनि अनियमितताको सम्बन्धमा छानविन समिति नै गठन गरि छानविन गरिरहेको छ। तर अहिले खरिद एकाइ प्रमुख भगवती थपलिया, खरिदकै अरुण महत्तो पुर्व निर्दशक डा. केदार सेन्चुरीले एउटा घिनलाग्दो भष्ट्राचार गरेका छन।
८०-९० रूपैयामा पाइने काठको छाप १५० वटा बनाउदा प्रतिगोटाको ५२५ रूपैंयामा बनाएर भष्ट्राचार गरेका हुन ।
यति तल्लो स्तरको अनियमितता गर्नेले करोडौंको उपकरण खरिदमा के गरे होला ?

हाल करोंडौको उपकरण बिग्रिएका छन, सिटीस्याक्यान , भेन्टिलेटर, अक्सिजन मेसिन बनाउने कुनै चासो छैन । रू ८० पर्ने अस्पताल ओपिडी छाप श्री चौरी गगा सल्पाई संग ५२५ मा किनेर सिधै भष्ट्राचार गरेको छ। खरिद एकाईकै एक कर्मचारी भन्छन – कोभिड बिरामीलाई आबश्यक अक्सिजन र भेन्टिलेटर खरिद एकाईले बनाएका छैन तर निर्देशक र भिसिले कुनै चासो दिएका छैनन।

सरकारले घोषणा गरेर मात्र के गर्नू ? यस्ता भष्ट भएपछी बिरामीले कसरी सुविधा पाउछन एक प्रसाशक भन्छन मन्त्रालय र अक्तियार यिनीहरुकै कब्जामा हामीले बोलेर मात्र के गर्नु !
 
			 
 
    	 
			
 

 










 



 
                
Comments 1