काठमाडौं, ७ वैशाख २०७८
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कर्मचारी युनियन पुनर्गठन गरिएको छ।
डा. प्रकाश बहादुर थापाको अध्यक्षतामा पुनर्गठित १५ सदस्यीय समिति श्रम तथा रोजगार कार्यालयमा पुनःदर्ता समेत गरिएको छ।
पुनर्गठित समितिको महिला उपाध्यक्षमा सविता दाहाल, उपाध्यक्षमा विजय देउजा, सचिवमा दिपक मुडभरी, सह–सचिवमा नवराज धिताल र कोषध्यक्षमा भगवती थपिलया रहेका छन्।
यस्तै, सदस्यहरुमा सुनिल श्रेष्ठ, प्रकाश कुमार नेपाल, देवी प्रसाद लामिछाने, दिलिप ताम्राकार, कल्पना कटुवाल, कल्पना ढुंगेल, टंक पुडासैनी, इन्द्र अर्याल र पूर्णमाया गुरुङ रहेका छन्।
सेवाग्राहीलाई सहज सुलभ, गुणस्तरीय, भरपर्दो, छिटोछरितो सेवा प्रवाह तथा गुणस्तरिय अध्यान अध्यापन र कर्मचारीको हकहित एंव वृद्धिविकासका लागि ट्रेड युनियन पुनर्गठन गरिएको कर्मचारी युनियनका सचिव दिपक मुडभरीले जानकारी दिए।