आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

लकडाउनमा झनै सक्रिय अमरगढीका मेयर ओझा #Covid19

HNN Staff by HNN Staff
May 20, 2020
in News
A A
1
लकडाउनमा झनै सक्रिय अमरगढीका मेयर ओझा #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डडेल्धुरा ,७ जेठ

देश लकडाउनका कारण आक्रान्त अवस्थामा रहेका वेला डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निकै सक्रियताका साथ काम गरेको छ ।

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मि पठाएर सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको छ । नगरले यस वर्ष स्वास्थ्य सुधार अन्तरगत अनिवार्य हातधुने, शौचालयको प्रयोग, पोषिलो खानेकुरा र समयसमयमा स्वास्थ्य जाँच अभियान पनि चलाईरहेको थियो । त्यसै समयमा कोभिड–१९ को महामारि फैलिन लागे पछि निकै चनाखो पुर्ण ढंगले स्वास्थ्य सामग्री र औषधी शुरुवातकै दिनमा नै व्यवस्था गरेर राखेको स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले जानकारी दिए । नगरपालिकाले सम्भावित संक्रमण बाट जोगिन आकस्मिक उद्धार टोलि देखि क्वारेन्टाईनसम्म सबै तयारी अवस्थामा समेत राखेको छ

लकडाउनका कारण ज्यालादारीमा काम गर्ने र विपन्न परिवारमा आउन सक्ने सम्भावित भोकमारि वाट वचाउन गत चैत्र १३ गते नै लागत संकलन गर्न ११ वटै वडा कार्यालयमा राहत वितरणको सूची तयार पार्न नगरपालिकाले वडा कार्यालयहरुलाई निर्देशन दिएको थियो । लकडाउनको असर पर्न थालेपछि उनीहरुलाई समयमै नगरपालिकाकाले विभिन्न खाद्य सामग्री समेत वितरण गरेको थियो । गरिव मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेपछि नगरपालिकाले नगर बाहिर विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई पनि बसको व्यवस्था गरेर घर ल्याईरहेको छ ।

हाल सम्म ५ सय भन्दा बढी नगरबासीहरु विभिन्न स्थानवाट नगर पालिका भित्र प्रवेश गरेको नगरपालिकाले जनाएको छ । ति नागरिकहरुको स्वास्थ्य जाँच गरेपछि मात्र नगरपालिकाले घर ल्याउने गरेको छ ।

अमरगढी नगरपालिकाले नगरका दीर्घरोगीका लागि घरमै औषधि पुर्याउने कार्यक्रम पनि गर्दै आएको छ । त्यो सँगै नगरपालिकाले सुगर र प्रेशरका विरामीहरुका लागि घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्यजाँच गर्ने समेत व्यवस्था मिलाएकोे छ । नगरको दुर्गम क्षेत्र चिरकिट्टेमा कोरोना निगरानि एवं जनरल स्वास्थ्य जाँच कक्ष (परिवार नियोजन, गर्भवति जाँच, खोप सेवा, क्षयरोग र जरो खोकि ) स्थापना गरेर दुर्गमका जनतालाई पनि स्थानीय सरकारको अनुभूति दिलाएको छ ।

नगरपालिकाले बजार क्षेत्रमा सरसफाई तथा किटनासक औषधि छर्किने, घरघरमा मास्क, सावुन र सेनिटाईजर वितरण पनि समयमै थालेको थियो । सम्भव तह मास्क स्थानीय स्तरमै मास्क उत्पादन गर्ने अमरगढी नगरपालिका प्रदेशकै पहिलो नगरपालिका भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद उपाध्यायले बताए ।

नगरपालिकाले विभिन्न देशबाट नगरभित्र प्रवेश गरेका व्यक्तीहरुको आरडीटी विधिबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण समेत गरेको छ ।

यस्तो विषम परिस्थितिमा पनि नगर प्रमुख विपिन ओझा आफै उपस्थित भएर किसानका समस्या वुझ्ने, स्थानिय उत्पादन वजार सम्म पुगाउन समन्वय गर्ने जस्ता जनताको पिडामा मलम लगाउने काममा खटिएका छन् । डडेल्धुरा जिल्लामा रहेको संघिय सरकारको एक मात्रै अस्पताल डडेल्धुरा अस्पलालमा कारोना परिक्षण ल्याव संचालनको पहल देखि सर्वपक्षीय सर–सल्लाहमा समेत प्रमुख ओझाको निकै महत्व पुर्ण भुमिका रहेको छ । कहिले किसानका वारिमा कहिले स्वास्थ्यकर्मी लिएर गाँउगाँउमा त कहिले विपन्न वर्गका दैला दैलाेमा नगर प्रमुख पुग्नु समस्यामा परेका नागरिककाे असलि अभिभावक भएकाे अनुभूति दिलाउन सफल भएकाे छ।

Tags: #DadeldhuraCorona Virus #Covid19
Previous Post

नेपालमा थप २५ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ४२७ पुग्यो #Covid19

Next Post

एकाबिहानै १७ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या ४४४ पुग्यो #Covid19

Related articles

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

3 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
News

त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गत सेवा स्थगित गर्ने निर्णय

4 days ago
1.7k
Next Post
Dr.samir Kumar Adhikari

एकाबिहानै १७ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या ४४४ पुग्यो #Covid19

Comments 1

  1. Dambar Diyal Hala inda ko Gujrat bita says:
    6 years ago

    Good work
    Tra dadeldhura Gila ka Jati mmanxa xin inda ma xito vnda xito afno karma thalo ma laauna bibasta bananu paryo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,397)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.