Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लकडाउनमा झनै सक्रिय अमरगढीका मेयर ओझा #Covid19

HNN Staff by HNN Staff
May 20, 2020
in News
Reading Time: 1 min read
A A
1
लकडाउनमा झनै सक्रिय अमरगढीका मेयर ओझा #Covid19
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डडेल्धुरा ,७ जेठ

देश लकडाउनका कारण आक्रान्त अवस्थामा रहेका वेला डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निकै सक्रियताका साथ काम गरेको छ ।

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मि पठाएर सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको छ । नगरले यस वर्ष स्वास्थ्य सुधार अन्तरगत अनिवार्य हातधुने, शौचालयको प्रयोग, पोषिलो खानेकुरा र समयसमयमा स्वास्थ्य जाँच अभियान पनि चलाईरहेको थियो । त्यसै समयमा कोभिड–१९ को महामारि फैलिन लागे पछि निकै चनाखो पुर्ण ढंगले स्वास्थ्य सामग्री र औषधी शुरुवातकै दिनमा नै व्यवस्था गरेर राखेको स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले जानकारी दिए । नगरपालिकाले सम्भावित संक्रमण बाट जोगिन आकस्मिक उद्धार टोलि देखि क्वारेन्टाईनसम्म सबै तयारी अवस्थामा समेत राखेको छ

लकडाउनका कारण ज्यालादारीमा काम गर्ने र विपन्न परिवारमा आउन सक्ने सम्भावित भोकमारि वाट वचाउन गत चैत्र १३ गते नै लागत संकलन गर्न ११ वटै वडा कार्यालयमा राहत वितरणको सूची तयार पार्न नगरपालिकाले वडा कार्यालयहरुलाई निर्देशन दिएको थियो । लकडाउनको असर पर्न थालेपछि उनीहरुलाई समयमै नगरपालिकाकाले विभिन्न खाद्य सामग्री समेत वितरण गरेको थियो । गरिव मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेपछि नगरपालिकाले नगर बाहिर विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई पनि बसको व्यवस्था गरेर घर ल्याईरहेको छ ।

हाल सम्म ५ सय भन्दा बढी नगरबासीहरु विभिन्न स्थानवाट नगर पालिका भित्र प्रवेश गरेको नगरपालिकाले जनाएको छ । ति नागरिकहरुको स्वास्थ्य जाँच गरेपछि मात्र नगरपालिकाले घर ल्याउने गरेको छ ।

अमरगढी नगरपालिकाले नगरका दीर्घरोगीका लागि घरमै औषधि पुर्याउने कार्यक्रम पनि गर्दै आएको छ । त्यो सँगै नगरपालिकाले सुगर र प्रेशरका विरामीहरुका लागि घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्यजाँच गर्ने समेत व्यवस्था मिलाएकोे छ । नगरको दुर्गम क्षेत्र चिरकिट्टेमा कोरोना निगरानि एवं जनरल स्वास्थ्य जाँच कक्ष (परिवार नियोजन, गर्भवति जाँच, खोप सेवा, क्षयरोग र जरो खोकि ) स्थापना गरेर दुर्गमका जनतालाई पनि स्थानीय सरकारको अनुभूति दिलाएको छ ।

नगरपालिकाले बजार क्षेत्रमा सरसफाई तथा किटनासक औषधि छर्किने, घरघरमा मास्क, सावुन र सेनिटाईजर वितरण पनि समयमै थालेको थियो । सम्भव तह मास्क स्थानीय स्तरमै मास्क उत्पादन गर्ने अमरगढी नगरपालिका प्रदेशकै पहिलो नगरपालिका भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद उपाध्यायले बताए ।

नगरपालिकाले विभिन्न देशबाट नगरभित्र प्रवेश गरेका व्यक्तीहरुको आरडीटी विधिबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण समेत गरेको छ ।

यस्तो विषम परिस्थितिमा पनि नगर प्रमुख विपिन ओझा आफै उपस्थित भएर किसानका समस्या वुझ्ने, स्थानिय उत्पादन वजार सम्म पुगाउन समन्वय गर्ने जस्ता जनताको पिडामा मलम लगाउने काममा खटिएका छन् । डडेल्धुरा जिल्लामा रहेको संघिय सरकारको एक मात्रै अस्पताल डडेल्धुरा अस्पलालमा कारोना परिक्षण ल्याव संचालनको पहल देखि सर्वपक्षीय सर–सल्लाहमा समेत प्रमुख ओझाको निकै महत्व पुर्ण भुमिका रहेको छ । कहिले किसानका वारिमा कहिले स्वास्थ्यकर्मी लिएर गाँउगाँउमा त कहिले विपन्न वर्गका दैला दैलाेमा नगर प्रमुख पुग्नु समस्यामा परेका नागरिककाे असलि अभिभावक भएकाे अनुभूति दिलाउन सफल भएकाे छ।

Tags: #DadeldhuraCorona Virus #Covid19
SummarizeShare260ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.