काठमाडौं, १० बैशाख २०७९
न्यू लाइफ आयुर्वेदका सञ्चालक बिक्रम खड्काले एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा नेपाली युवाले विश्व कीर्तिमान राखेको छ ।
विहीबार काठमाडौंमा लायन्स क्लव अफ काठमाडौं च्याम्पियनले पत्रकार सम्मेलन गरि लगातार ३ घण्टा ५० मिनेट वृक्षासन गरेर नेपाली युवाले विश्व कीर्तिमान राखेको जनाएको हो ।
पर्वतको वाच्छा एक निवासी ३३ वर्षीय विक्रम खड्काले उक्त कीर्तिमान कायम गरेका हुन् । भारतीय नागरिक सनत रथले राखेको १ घण्टा ६ मिनेट ५५ सेकेन्डको रेकर्डलाई खड्काले तोडेका हुन् ।
खड्कालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रमाण–पत्र समेत पठाइसेकेको छ ।