काठमाडौं,१९ कार्तिक २०७७
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक नरोक्ने बताएका छन् ।
महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भएको छ । बुधबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताए । उनले भने, ‘काम गर्न सक्नेहरुले काम गरुन्, कोही खाना खानै नपाएर भोको बस्नु नपरोस् भनेर अभियान्ताहरुसँग सहकार्य गर्न पनि हामी तयार छौं ।’
महानगरले पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई दिनसक्ने उनले बताए । त्यसका लागि आजै अभियान्ताहरुसँग छलफल गर्न चाहेको मेउर शाक्यले बताए ।