बाँके, २५ असार २०७९
नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा.बर्दी चापागाई नियुक्त हुनुभएको छ।
हाल कार्यवाहक मेसुको जिम्मेवारीमा रहेका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसु नियुक्त गरेको हो ।
डा. चापागाईले यसअघि अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । डा. चापागाई पहिलो पटक प्रमुख मेसु नियुक्त भएका हुन् ।
डा. चापागाईं कन्सलटेन्ट छाला रोग विशेषज्ञको एघारौं तहमा हुन।