बाँके, २१ असार २०८१
नेपालगन्जस्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझी रहेका थिए।